निक्षेपको तुलनामा कर्जा लगानी बढी



नेपाल समाचारपत्र‚ काठमाडौं ।

पछिल्लो एक सातामा वाणिज्य बैंकहरूको निक्षेप संकलनको तुलनामा कर्जा लगानी सामान्य बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असोज ८ देखि १५ गतेसम्मको अवधिमा सबै वाणिज्य बैंकको निक्षेप संकलन ३ हुँदा कर्जा लगानी ३९ अर्ब रुपियाँ भएको छ ।

एक सातामा निक्षेप संकलन ४२ खर्ब १८ अर्ब रुपियाँ पुगेको छ । सोही अवधिमा कर्जा लगानी ३९ अर्ब रुपियाँले वृद्धि भएको छ । असोज ८ गतेसम्म ३९ खर्ब ३ अर्ब रुपियाँ रहेको कर्जा लगानी असोज १५ गतेसम्म ३९ खर्ब ४२ अर्ब रुपियाँ पुगेको हो ।

सरकारी खर्च गर्ने बाटो खुलेसँगै निक्षेप संकलन वृद्धि हुँदै गएको छ । असोज पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप संकलन ८ अर्ब रुपियाँले मात्रै बढेको थियो।

यसैबीच राष्ट्र बैंकको तथ्यांकअनुसार‚ सोमबार स्थायी तरलता सुविधा (एसएलएफ) र रिपोसमेत गरेर बैंकहरुसँग दायित्व ८४ अर्ब ९ करोड रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्