फलामे छडको भाउ सस्तियो



काठमाडौं, (नेस) ।

फलामे छडमा लाग्दै आएको अन्तःशुल्क हटेसँगै फलामे छडको मूल्य घटेको छ । नेपाल फलामे छड उत्पादन संघले संघमा आवद्ध उद्योगलाई प्रतिकिलो चार रुपियाँ मूल्य घटाउन निर्देशन दिएको छ ।

सरकारले बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्था गरेको थियो । बजेट पछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चापदार्थ बिलेट तथा विलेटको कच्चापदार्थ स्पन्ज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्यवृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा सरकारको बजेटका कारण घट्न गएको संघले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्