नेप्सेमा गिरावट जारी



काठमाडौं, (नेस) ।

साताको पहिलो दिन आइतबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर २५७७ दशमलव ४९ बिन्दुमा ओर्लिएको छ ।

यस दिन नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ । आइतबार कुल २३२ कम्पनीको ८९ लाख ४८ हजार कित्ता शेयर ४ अर्ब ११ करोड ३८ लाख रुपियाँको कारोबार भएको छ । यस दिन कारोबार भएका १३ वटै समूहको परिसूचक घटेको छ । कारोबारका आधारमा यस दिन पनि अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १५ करोड ६ लाख १६ हजारको कारोबार भएको छ । यस्तै नेसनल हाइड्रोपावरको १४ करोड २४ लाख ३८ हजार, रिडी हाइड्रोपावरको १४ करोड १० लाख ८६ हजार, शिखर इन्स्योरेन्स कम्पनीको १३ करोड ६६ लाख ५० हजार र हिमालयन डिस्टिलरीको १३ करोड ३६ लाख १० हजार रुपियाँको कारोबार भएको छ ।

समग्र परिसूचकमा उच्च अंकको गिरावट भएको दिन मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ९दशमलव ९७, स्वाभिमान लघुवित्तका लगानीकर्ताले ६ दशमलव ५ प्रतिशतले कमाएका छन् । त्यस्तै सबैको लघुवित्त, प्रिमियर इन्स्योरेन्स र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले पनि कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्