कुमारी बैंकका ग्राहकलाई छुट



काठमाडौं, (नेस) ।

कुमारी बैंक र काभ्रेको धुलिखेलस्थित सारथी होटल प्रालिबीच ग्राहकलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्यपश्चात् कुमारी बैंकका ग्राहकले सोही होटलअन्तर्गतका विभिन्न खानपिन लगायतमा १० देखि १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा ऊर्जा पुर्नजागरणका लागि विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र दैनिक जीवनको कार्य व्यस्तताबाट राहतको लागि सो होटेलको बसाई सेवाग्राहीका लागि लाभदायक हुनेमा विश्वस्त रही कुमारी बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत सारथी होटलको विभिन्न सेवाहरुमा बैंकको डेबिट/क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

सो सम्झौता पत्रमा कुमारी बैंक लि. बनेपा शाखाकी शाखा प्रबन्धक श्रीमती नवीना बैद्यले तथा सारथी होटेलका तर्फबाट प्रबन्ध निर्देशक तथा कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेलले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्