नेप्सेमा दोहोरो अंकको वृद्धि



काठमाडौं, (नेस) ।

लगातार उच्च गिरावटपछि शेयर बजारमा शेयर बुधबार दोहोरो अंकको सुधार भएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज ( नेप्से) परिसूचक ५० दशमलव ५८ अंकले बढेर २६६५ दशमलव ९३ बिन्दुमा पुगेको छ ।

कुल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर ५ अर्ब २ करोड ८५ लाख ५५ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ३७ खर्ब ३१ अर्ब ८४ करोड ८१ लाख ६० हजार पुगेको छ । बुधबार कारोबार भएका १३ वटै समूहको सूचक बढेको छ । जसमध्ये बैंकिङ समूह २० दशमलव २९, व्यापार ७५ दशमलव ४३, होटल तथा पर्यटन ३२ दशमलव ९२, विकास बैंक १५० दशमलव ६८, जलविद्युत् ११७ दशमलव ३४, वित्त १०७ दशमलव ४७, निर्जीवन बीमा २५५ दशमलव ८८, उत्पादन १०३ दशमलव ३६, अन्य ४१ दशमलव ४३, लघुवित्त ८८ दशमलव शून्य १, जीवन बीमा २१५ दशमलव ३८, सामूहिक लगानी कोष शून्य दशमलव शून्य ९ र लगानी २ अंकले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा छ । सो कम्पनीको २२ करोड ६७ लाख ५४ हजार रुपियाँको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको १८ करोड ५९ लाख १९ हजार, नेपाल बैंकको १६ करोड ५२ लाख ४२ हजार, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ५ लाख ५१ हजार र आईसीएफसी फाइनान्सको १५ करोड ३४ लाख रुपियाँको कारोबार भएको छ । यस दिनर अपि पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको । त्यस्तै मनकामना स्मार्ट लघुवित्तको ९ दशमलव ९३, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ९ दशमलव ६४ र कालिका पावर कम्पनीको शेयरधनीले ९दशमलव ५० प्रतिशतले कमाएका छन् भने । मेगा बैंक, प्राइम बैंकको ऋणपत्र, युनिलिभर नेपाल, कृषि विकास बैंकको ऋणपत्र र एनआइसी एशिया बैंकको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्