होन्डा कारमा फेस्टिभ बोनानजा



काठमाडौं, नेस ।

 नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘होन्डाको फेस्टिभ बोनानजा’ अफर ल्याएको छ ।

कम्पनीले कार खरिद गर्ने ग्राहकले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्ने जनाएको छ ।

हरेक १५ दिनमा एक जना ग्राहकले ३ दशमलव ५ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन् । यो योजना होन्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्