शेयर बजारमा डेढ महिनाभित्र ६ खर्ब गुम्यो



काठमाडौं, ।

शेयर बजारमा भइरहेको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ७० अंकले घटेर २६१५ दशमलव ४० बिन्दुमा झरेको छ । कुल २१८ कम्पनीको एक करोड ३० लाख ३४ हजार कित्ता शेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको कुल बजार पुँजीकरणसमेत घटेर ३६ खर्ब ६१ अर्ब चार करोड ९८ लाख रुपियाँमा सीमित भएको छ । ४२ खर्ब रुपियाँभन्दा माथि पुगिसकेको पुँजीकरण बजारमा लगातारको गिरावटका कारण लगानीकर्ताले झण्डै ६ खर्ब रुपियाँ गुमाएका छन् । करिब डेढ महिनाको अवधिमा नेप्से परिसूचक ६ सय अंकको हाराहारीमा घटेसँगै लगानीकर्ता सो रकमको हाराहारीमा गुमाएका हुन् ।

मंगलबार कारोबार भएका सबै समूहको परिसूचक घटेका छन् । जसमध्ये बैंकिङ समूह ३६ दशमलव शून्य ३, व्यापार ७९ दशमलव ३९, होटल तथा पर्यटन २४ दशमलव ३१, विकास बैंक १५४ दशमलव ४१, जलविद्युत् १३८ दशमलव ४५, वित्त १७५ दशमलव ५९, निर्जीवन बीमा ३२५ दशमलव ५६, उत्पादन ८९ दशमलव २३, अन्य ३१ दशमलव१३, लघुवित्त १११।९९, जीवन बीमा ४३१ दशमलव ९१, सामूहिक लगानी कोष शून्य दशमलव १७ र लगानी ३ दशमलव ५२ बिन्दुले ओरालो लागेको छ । कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको १८ करोड ८२ लाख २७ हजार रुपियाँको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको १७ करोड ३८ लाख ४८ हजार, नेसनल हाइड्रोपावरको १५ करोड ४८ लाख ७८ हजार, आईसीएफसी फाइनान्सको १५ करोड ३७ लाख २७ हजार र एनआइसी एसिया बैंकको१४ करोड ५४ लाख ७१ हजारको शेयर कारोबार भएको छ ।

बजारमा उच्च गिरावट भए पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढेको छ । त्यस्तै मेगा बैंक, बोटलर्स नेपाल तराई र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले पनि कमाएका छन् । तर, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स र गोर्खाज फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रोपावरको दशमलव ८८ र शिवश्री हाइड्रोपावरको ९दशमलव ८२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्