नेप्सेमा ७२ अंकको गिरावट



काठमाडौं, (नेस) ।

साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७३ दशमलव शून्य ५ अंकले ओरालो लागेर २६८५ दशमलव ४१ मा ओर्लिएको छ । कुल २२७ कम्पनीको १ करोड चार लाख ७८ हजार कित्ता शेयर ५ अर्ब १२ करोड ९ लाख ७३ हजार कारोबार भएको छ । यससँगै बजार पुँजीकरण ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजार बराबर पुगेको छ ।

इस दिन कारोबार भएका १३ वटै समूहको परिसूचक ओरालो लागेको छ । कारोबारका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको १५ करोड ४९ लाख ७१ हजार रुपियाँको कारोबार भयो ।त्यस्तै युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ५१ लाख ८८ हजार, हिमालयन डिस्टिलरीको

१२ करोड ९२ लाख १८ हजार, नेपाल बैंकको १२ करोड ८५ लाख ४९ हजार र नेसनल हाइड्रोपावरको ११ करोड ९८ लाख ४० हजारको कारोबार भएको छ ।

समग्र परिसूचक घटे पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्य सर्किट लेबलमा बढेको छ । त्यस्तै गोर्खाज फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र एनआइसी एसिया बैंकको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्