नेप्से ओरालो लाग्ने क्रम जारी, करिब ७३ अंकको गिरावट



न्युज अफ नेपाल, काठमाडौं ।

आइतबार ६१ अंकले घटेको शेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ । सोमबार बिहान ११ बजे बजार खुलेपछि लगातार ओरालो लागेको नेप्से दिउँसो ३ बजे कारोबार बन्द हुँदा ७३.०५ अंकले घट्यो ।

सोमबार बजार मापक परिसूचक नेप्से २६८५.४१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ को बिन्दुमा पुगेको छ ।

यसदिन २२७ कम्पनीका १,०७,४८,०६८ कित्ता शेयर किनबेच हुँदा ५,१२,०९,७३,०९६ रुपैयाँको कारोबार भएको छ । सोमबार १३ वटै उपसमूहको मूल्यमा गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स ४.५३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्