पञ्चशील सहकारी साधारण सभा सम्पन्न



काठमाडौं, (नेस) ।

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २१औं वार्षिक साधारण सभा गरेको छ । भर्चुअलमाध्यमबाट भएको उक्त कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले आव २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७८/७९ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नु भएको थियो ।

संस्थाको आव २०७७/७८ सम्म शेयर पुँजी १४ करोड ७६ लाख १८ हजार रुपियाँ रहेको छ । निक्षेपतर्फ १ अर्ब ७४ करोड ५० लाख ९ हजार, वार्षिक कारोबार २ अर्ब ६७ करोड ६२ लाख ९७ हजार गरेको छ । त्यस्सै संस्थाको जगेडा कोष तथा अन्य कोष गरी २३ करोड ४३ लाख ४१ हजार ४ सय रुपियाँ रहेको छ । संस्थाले आव २०७७/७८ मा ६ करोड ५४ लाख ७० हजार खुद नाफा आर्जन गरेको छ । आव २०७७/७८ मा १ करोड ८९ लाख ८१ हजार ५ सय आयकर तथा अन्य विभिन्न शीर्षकमा राजस्वमा योगदान गरेको छ । संस्थाले आव २०७७/७८ र्मा १८ प्रतिशत शेयर लाभांस प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्