शेयरमा ११ अर्बको आम्दानी



काठमाडौं, (नेस)  ।

यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक थोरै बढेको छ । साताभरको कारोबारपछि नेप्से ७ दशमलव २७ अंक बढेर २८१९ दशमलव ६५ विन्दुमा बन्द भएको हो ।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ११४ दशमलव शून्य २ अंक घटेको थियो । आइतबार बिदा परेको थियो भने मंगलवार १३ दशमलव ८३ अंकले बढेको थियो । त्यस्तै बुधवार १०४ दशमलव ८८ अंक र बिहीबार २ दशमलव ७० अंकले बढेर बन्द भएको थियो । यससँगै यस साता कुल बजार पुँजीकरण ११ अर्ब रुपियाँ बढेर ३९ खर्ब ४७ अर्ब रुपियाँ पुगेको छ । साताको चार कारोबार दिनमा २९ अर्ब ७६ करोड ३८ लाख ७० हजार बराबरको ६ करोड ४ लाख ७३ हजार १६३ कित्ता शेयर कारोबार भएको छ । गत साता पाँच कारोबार दिनमा ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार बराबरको ७ करोड ४ लाख ४७ हजार ७१७ कित्ता शेयर कारोबार भएको थियो । वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न थालेसँगै यो साता बैंकिङ समूहको परिसूचक सर्वाधिक ३ दशमलव १८ प्रतिशतले बढेको छ । तर, व्यापारिक समूहको सर्वाधिक ३ दशमलव ७७ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्