नेप्सेमा झिनो सुधार



काठमाडौं, (नेस) ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २ दशमलव ७० अंकले बढेर २८१९ दशमलव ६५ मा पुगेको छ ।

कुल २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार कित्ता शेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै बजार पुँजीकरण ३९ खर्ब ४७ अर्ब १५ करोड ७ लाख पुगेको छ ।

कारोबार भएका कूल १३ समूहमध्ये दुई समूहको परिसूचक बढे पनि ११ समूहको परिसूचक भने ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ ४७ दशमलव ३७ र वित्त ८ दशमलव २ अंकले बढेको छ ।

व्यापार ४५ दशमलव ७, होटल तथा पर्यटन ९७ दशमलव २७, विकास बैंक ८० दशमलव ४४, जलविद्युत् ७१ दशमलव ८, निर्जीवन बीमा ९२ दशमलव शून्य ४, उत्पादन ८० दशमलव ४, अन्य २१ दशमलव ६१, लघुवित्त ४६ दशमलव ७९, जीवन बीमा ५१ दशमलव शून्य ८, सामूहिक लगानी कोष शून्य दशमलव शून्य दशमलव ६ र लगानी २ दशमलव १६ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा सानिमा बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ३४ करोड १५ लाख ८३ हजार बराबरको कारोबार भएको छ । नेपाल बैंकको २७ करोड १० लाख ७७ हजार, माछापुच्छ्रे बैंकको २३ करोड ८६ लाख ८८ हजार, नेसनल हाइड्रोपावरको २१ करोड ९६ लाख ५० हजार र युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख कारोबार भएको छ ।

बिहीबार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । प्राइम लाइफ इन्स्योरेन्स, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले कमाएका छन् । तर, हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र पाँचथर पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्