रेमिट्यान्स घट्यो 



काठमाडौं, (नेस)  ।

वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भए पनि रेमिट्यान्स भने घटेको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको आर्थिक स्थितिमा साउन महिनामा विप्रेषण आप्रवाह १८ दशमलव १ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड रुपियाँ भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशलमव ५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव ५ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिनेको संख्या वृद्धि भई १३ हजार ८०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९९ दशमलव २ प्रतिशतले घटेको थियो । त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २८६ दशमलव १ प्रतिशतले वृद्धि भई ११ हजार ६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ८० प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्