अर्थतन्त्र ४ दशमलव १ प्रतिशत हुने प्रक्षेपण



नेपाल समाचारपत्र, काठमाडौं ।

एसियाली विकास बैंक (एडीबीले) सन् २०२२ मा नेपालको अर्थतन्त्र ४ दशमलव १ प्रतिशत (बजार मूल्यमा) वृद्धि हुने प्रक्षेपण गरेको छ । एडीबीले एसियाली विकास आउटलुक’ लाई अद्यावधिक बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सो उल्लेख गरिएको हो । एडीबीका अनुसार सन् २०२१ मा भने नेपालको आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशतको अनुमानित वृद्धि भएको छ ।

एडीबी नेपालस्थित कन्ट्री डाइरेक्टर अरनौड काउचोइसले भने–‘कोभिड १९ विरुद्ध जारी खोप अभियानले आर्थिक वृद्धिलाई ठूलो सहयोग पुर्‍याउनेछ, किनकी राष्ट्रिय खोप योजना नेपालको आर्थिक सुधारको लागि महत्वपूर्ण छ । नकारात्मक जोखिमहरुमा कोभिड–१९को अनिश्चित गति, यसको सम्भावित वृद्धि र कडा रोकथामका उपायहरु सामेल छन्, जसले आर्थिक वर्ष २०२१ मा क्रमिक आर्थिक सुधारलाई उल्टाउन सक्छ।’

एडीबीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस वर्ष प्रशस्त वर्षाका बीच धान रोपाइ“ भएकाले नेपालको कृषिमा वृद्धि हुने सम्भावना छ । औद्योगिक उत्पादन बढ्ने अपेक्षा गरिएको छ, निर्यातमा ठूलो वृद्धि तथा राष्ट्रिय खोप योजनाका कारण संक्रमण दर कम हुने अपेक्षा गरिएको छ ।

त्यस्तै २०२२ को लागि सरकारको वित्तीय नीति धेरै हदसम्म राष्ट्रको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउनमा केन्द्रित हुनु, मौद्रिक नीतिमा पुनर्कर्जा सुविधा, प्राथमिकता परियोजना र प्रभावित व्यवसायहरुको लागि सहुलियतपूर्ण कर्जाको माध्यमबाट अनुकूल रहने विशवास गरिएको छ । थोक र खुद्रा व्यापार, ढुवानी, र वित्तीय सेवाको साथै देशव्यापी खोपले आर्थिक गतिविधि बढेका कारण सेवामा वृद्धि हुनेछ ।

अन्तर्राष्ट्रिय पर्यटन आगमनको स्थितिमा जुन २०२० मा ८० प्रतिशतले घट्यो । तर, आगामी दिन क्रमशः सुधार हुन सक्छ, ट्रेकिङ रुटहरू पुनः शुरू हुने, होटल तथा रेष्टुरेन्ट, यात्रा र पर्यटन क्षेत्र पूर्ववत अवस्थामा फर्किनका लागि अझै समय लाग्ने सक्ने भनिएको छ ।

प्रतिवेदनमा भनिएको छ, कि देशको मुद्रास्फीति आर्थिक वर्ष २०२२ मा सामान्यतया ५ दशमलव २ प्रतिशतसम्म बढ्ने अनुमान छ, जो विश्वव्यापी तेलको उच्च मूल्य र आन्तरिक मागमा क्रमिक सुधारको कारण आर्थिक वर्ष २०२१ मा ३ दशमलव ६ प्रतिशत अनुमानित थियो । अर्थव्यवस्थाको क्रमिक पुनरुत्थानमा लगानी वृद्धिको रूपमा गैरतेल आयातमा वृद्धि सम्भवत सन् २०२२ मा उच्च रहनेछ । अर्कोतर्फ, तेल आयातमा वृद्धि ढिलो हुन सक्छ, किनकी जलविद्युत् उत्पादनमा वृद्धि आंशिक जीवाश्म इन्धनको खपतमा वृद्धि हुन सक्छ । निर्यात र रेमिट्यान्समा लगातार वृद्धिस“गै चालू खाता घाटा जीडीपीको अनुमानित ५ प्रतिशतमा उच्च रहनेछ । यद्यपि, एक वर्ष पहिले ८ प्रतिशतको हाराहारीमा थियो । अन्य नकारात्मक जोखिमहरुमा अनिश्चित मानसुन र बाढी जस्ता प्राकृतिक खतरा सामेल छन्, जसले कृषि उत्पादन र पूर्वाधारलाई क्षति पुर्‍याउन सक्छ । मध्य जून २०२१ देखि भारी वर्षाले भूस्खलन र बाढी निम्त्याएको छ र नेपालका केही पहाडी जिल्लाको जनजीवनमा क्षति पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ–‘यदि लगानी योजना, वित्तीय व्यवस्थापन, परियोजना तयारी, खरिद, र ठेक्का व्यवस्थापनमा लगातार क्षमताको कमीलाई सम्बोधन गरियो भने प्रदेश र स्थानीय सरकार द्वारा वित्तीय खर्चमा सुधार गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्