विकास बैंकहरूले निक्षेप र कर्जा बढाए



काठमाडौ, (नेस) । 

विकास बैंकहरूले एक सातामा निक्षेप संकलन र कर्जा लगानी बढाएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको तथ्यांकअनुसार एक सातामा राष्ट्रियस्तरका विकास बैंकको निक्षेप संकलन ४ खर्ब १९ अर्ब ८४ करोड रुपियाँ र कर्जा लगानी ३ खर्ब ७४ अर्ब १९ करोड रुपियाँ रहेको छ । यो अघिल्लो साताको तुलनामा निक्षेपतर्फ शून्य दशमलव ५९ प्रतिशत र कर्जा लगानी १ दमलव ४६ प्रतिशतले बढेको हो ।

त्यस्तै क्षेत्रीयस्तरका विकास बैंकको निक्षेप एक सातामा ८ लाख ४० हजार रुपियाँले मात्र घटेको छ । तर, कर्जा लगानी भने १२ करोड ६६ लाख रुपियाँले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्