लगानीकर्तामा त्रास, नेप्सेमा उच्च गिरावट



काठमाडौं, (नेस)  ।

बैंकिङ प्रणालीमा तरलता संकुचन, बजेट पारित नहुँदा सरकारी खर्च रोकिनुलगायतका अर्थतन्त्रमा देखिएको समस्यासँगै पुँजी बजारका लगानीकर्तामा फैलिएको मनौवैत्रानिक त्रासका कारण शेयर बजारमा उच्च गिरावट आएको छ । यसै क्रममा सोमबार पनि नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा उच्च गिरावट आएको छ । तीन दिनपछि खुलेको बजारमा नेप्से परिसूचक ११४ दशमलव शून्य २ अंकले घटेर २६९८ दशमलव २४ बिन्दुमा ओर्लिएको छ ।

कूल २२५ कम्पनीको एक करोड ७३ लाख ३० हजार कित्ता शेयर ८ अर्ब ४९ करोड ३४ लाख रुपियाँमा खरिद बिक्री भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ३७ खर्ब ७६ अर्ब ४० करोड ७४ लाख रुपियाँ बराबरमा रहेको छ । लगानीकर्तामा मनोबैज्ञानिक त्रासका कारण घट्दो बजारमा बिक्री गर्दै आएको देखिएको छ । २८ सयको बलियो टेवाबाट नेप्से परिसूचक २६ सयको तहमा ओर्लिएपछि लगानीकर्ता थप सशंकित देखिएका छन् ।

कारोबार भएका १३ वटै समूहको शेयर सूचक अरालो लागेका छन् । जसमध्ये बैंकिङ ५१ दशमलव ४६, व्यापार १५६ दशमलव ९८, होटल तथा पर्यटन १५८ दशमलव १३, विकास बैंक ३३२ दशमलव ३८, जलविद्यत् २२० दशमलव २९, वित्त २२९ दशमलव ६९, निर्जीवन बीमा ६१४ दशमलव २१, उत्पादन ९१ दशमलव ९६, अन्य ७० दशमलव ६१, लघुवित्त १६२ दशमलव ३२, जीवन बीमा ८०० दशमलव शून्य ६, सामूहिक लगानी कोष शून्य दशमलव ४८ र लगानी ५ दशमलव २९ अंकले ओरालो लागेको छन् । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको ४० करोड ६५ लाख ३१ हजार रुपियाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको २२ करोड ५५ लाख ८९ हजार, नबिल बैंकको १८ करोड ४४ लाख ४० हजार, युनाइटेड मोदीको १७ करोड ६६ लाख ६८ हजार र अपि पावर कम्पनी १६ करोड ६३ लाख २० हजारको कारोबार भएको छ ।

समग्र परिसूचक उच्च अंकले घटे पनि मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै डिप्रोक्स लघुवित्त, लक्ष्मी लघुवित्त, सनराइज बैंकको ऋणपत्र र नबिल ब्यालेन्स फन्ड दोस्रोका लगानीकर्ताले कमाएका छन् । नेप्सेमा पहिरो गएको दिन विभिन्न ११ कम्पनीको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लागेको छ । त्यसमा अधिकांश जलविद्युत् कम्पनीका शेयर छन् । जो पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स, घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा, आइसीएफसी फाइनान्स, युनाइटेड इदी मार्दी, सिंगटी हाइड्रो, एक्सल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर र सेन्ट्रल फाइनान्सलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्