पञ्चकुमारी र सुन्दरबस्ती सहकारीको साधाणसभा सम्पन्न



काभ्रे, (नेस) ।

काभ्रेको बनेपामा रहेको पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्थाको १४औं बार्षिक साधारण सभा र पनौतीमा रहेको सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पञ्चकुमारी बहुउद्देश्यीय सहकारीको सभामा अध्यक्ष मधुसुदन पन्तले संस्थाले गरेका वार्षिक गतिविधिसँगै चालू वर्षमा सञ्चालन गरिने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । कोभिड महामारीका बेला शेयर सदस्यहरुका समस्यालाई मध्यनजर गर्दै सहकारीले विषेश कार्यक्रम सञ्चालन गरेको बताउँदै अध्यक्ष पन्तले सहकारीले संस्थागत विकासका लागि चार आना क्षेत्रफलको जमिन ६४ लाखमा खरिद गरी आफ्नै भवन निर्माणको तयारीमा रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव गोविन्द दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बाल बचतकर्तालाई सम्मान, उत्कृष्ट बचतकर्ता, ऋणी, कर्जा, सदस्यता वृद्धि र पुँजी वितरण, सदस्यहरुको निधनमा अन्तिम संस्कारका लागि सहयोग, प्रसुती खर्च, दुर्घटना बीमा जस्ता कार्यक्रम गरिरहेको बताउनुभयो । सोही अवसरमा संस्थामा उत्कृष्ट बचतकर्ता खेमनाथ दाहाल, उत्कृष्ट ऋणी टीकाराम खड्गी, जेष्ठ सदस्य महिला दिन कुमारी सत्याल र पुरुष शिवहरी दाहाललगायतलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट कर्मचारी गंगा दाहाल र रमा तिमल्सिनालाई पनि सम्मान गरिएको थियो ।

८ करोड ३० लाखको कारोबार गरेको संस्थाले गत आर्थिक वर्षसम्ममा १ करोड १० लाखको शेयर पुँजी र ५ करोड २० लाखको निक्षेप संकलन गरेको छ । त्यस्तै सुन्दरबस्ती सहकारीको सभामा १७ करोड २० लाख ७५ हजार निक्षेप, २२ करोड ३ लाख ३० हजार कर्जा लगानी गरी १ करोड १० लाख चुक्ता पुँजी रहेको जानकारी गराइएको थियो । प्रमुख अतिथि वडा अध्यक्ष बुद्धसिंह थापाले सहकारीले योजनासहितको कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो ।a

प्रतिक्रिया दिनुहोस्