पीपीए खुलाउन माग

1.22k
Shares

काठमाडौं, (नेस) ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन सरकारसँग माग गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक संकटमा परेको उल्लेख गर्दैे चाँडो खुला गर्न माग गर्नुभएको हो ।

धेरै जलविद्युत् कम्पनीले अर्बाैं रुपियाँ लगानी गरिसकेका र पूर्वाधारका काम अघि बढाइसक्दा पनि पीपीए रोकिएकोमा उहाँको आपत्ति थियो । ‘पिक सिजनमा विद्युत् खेर जाने अवस्था सिर्जना हुने भएकाले कतै पीपीए रोकिने पो हो कि भन्ने हाम्रो आशंका छ, अर्बौं लगानी गरिसकेका व्यवसायीलाई यसरी अन्योलमा पार्नु भएन, निजी क्षेत्रलाई प्रोत्साहित गर्नसकेमा मात्र आर्थिक विकास हुन्छ ।’ उल्लेख गर्दै भन्नुभयो–‘ ऊर्जा क्षेत्रमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने चाँडै नै देखिने गरी परिणाम निकाल्नुपर्छ ।’

Skip This