शारदा बतासेमा ३ करोड खर्च



काभ्रे, (नेस) । 

धुलिखेल नगरपालिका वडा नम्बर १० शारदा बतासेमा आर्थिक वर्ष २०७७-७८ को आम्दानी खर्च विवरण सार्वजनिक भएको छ । अध्यक्ष पुष्प राउतले आर्थिक वर्षमा भएको आम्दानी, खर्चका बारेमा नागरिकलाई जानकारी गराउनु भएको हो ।

वडाले एक आर्थिक वर्षमा ३ करोड ९ लाख ३३ हजार ९ सय ४२ रुपियाँ प्राप्त गरेको थियो । जसमा आन्तरिक आम्दानीतर्फ ४ लाख १४ हजार, कार्यालय सञ्चालन अनुदान ४ लाख ४८ हजार, आकस्मिक योजना ४ लाख २५ हजार, वडास्तरीय योजनाका लागि ४२ लाख ५० हजार, वडा विशेष अनुदान ठकुरी छाप बाटो ढलानका लागि ८ लाख ३५ हजार ५ सय ५०, संघस्तरीय आयोजना औद्योगिकग्राम बाटो निर्माण ९२ लाख, सामाजिक सुरक्षा भत्ता ४० लाख ५६ हजार ४ सय, खर्च भएको छ ।

विपी राजमार्ग शारदा बतासे सडकका लागि ६८ लाख, एक घर एक धारा खानेपानी २२ लाख ७६ हजार, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम १ लाख ९४ हजार १ सय ३३, बुद्ध पार्क निर्माण ३ लाख, बालज्योति विद्यालय अनुदान ५ लाख, ६०-४० अनुदान अन्र्तगत भगवान शाहको घर नजिक उकालो ढुंगा सोलिङ ६ लाख १७ हजार, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्र्तगत डुण्डुखोला बाँध निर्माण २ लाख, माथिल्लो घाट बाँध निर्माण २ लाख १७ हजार २ सय र भैरव घाट निर्माणका लागि २ लाख रुपैया प्राप्त भएको अध्यक्ष राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्