ग्लोबल आइएमई बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत



काठमाडौं, (नेस) । 
ग्लोबल आइएमई बैंकको ‘८ दशमलव ५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६-८७’ ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ ।

१० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८ दशमलव ५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६-६ महिनामा ब्याज प्रदान गर्नेछ । यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी–आईआर एलए रेटिङ्ग प्रदान गरेकोे छ । यस रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्