सानिमा बैंकको दशैं योजना



काठमाडौं, (नेस)  । 

सानिमा बैंकले दशैं बम्पर योजना सार्वजनिक गरेको छ । असोज १ गतेदेखि लागू हुने सो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ दशमलव ५१ प्रतिशतसम्म ब्याजदर मासिक रुपमा प्रदान गर्ने कार्यक्रम ल्याएको हो ।

खता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ । साथै बचत खातामा ५ प्रतिशतसम्मब् याजदर प्रदान गर्नुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाख रुपियाँसम्मको दुर्घटना बीमा, ३ लाख बराबरको घातक रोगको बीमा, ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार बराबरको वार्षिक बहिरङ उपचार खर्च र ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकलाई प्रदान गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्