सञ्चय कोषलाई लगानीयोग्य परियोजनामा केन्द्रित हुन सुझाव



काठमाडौं, (नेस) ।

कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माको भनाइ छ । कोषको ६०औं वार्षिकोत्सवमा सञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा तीन खर्ब ९८ अर्ब ६ करोड मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ भने कोषको दायित्व ४ अर्ब ६७ करोड छ ।

कोषमा पाँच लाख ९८ हजार योगदानकर्ता र २९ हजार २०० योगदानकर्ता कार्यालय आबद्ध छन् । कोषले सञ्चयकर्ता स्वास्थ्योपचार योजनाअन्तर्गत एक हजार ६३३ सञ्चयकर्तालाई रु १३ करोड ८७ लाख सोधभर्नासहित कूल रु ३२ करोडभन्दा बढी सामाजिक सुरक्षा सुविधा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्