साना किसानलाई मेगा बैंकको सहुलियत कर्जा



काठमाडौं, (नेस)।  

मेगा बैंक नेपालले धादिङका साना किसान तथा लघु उद्यमीलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ । मेगा बैंक नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केटस् र धादिङ उद्योग बाणिज्य संघबीच यससम्बन्धी सम्झौता पत्रमा भएको हो ।

सम्झौताअनुसार त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु उद्यमी तथा व्यवसायीलाई कृषि तथा लघु व्यवसाय स्थापना तथा सञ्चालनका लागि मेगा बैंकले त्रिपुरासुन्दरी गाउँपालिका, धादिङस्थित शाखा कार्यालयवाट सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कर्जाका लगानीका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले लक्षित साना किसान तथा लघु व्यवसायीलाई बैंकसमक्ष सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्