वाणिज्य बैंक र युवा परिषद्बीच सम्झौता



काठमाडौं, (नेस) ।

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिकाबीच मंगलबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका सय जना युवालाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम सञ्चालन गर्नेछ । तालिम प्राप्त उद्यमीलाई आवश्यकताअनुसार बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्