कोरियाली राजदूतद्वारा सम्मान



काठमाडौं, (नेस) ।

दक्षिण कोरियाली दूतवासले के–पप वल्ड फेस्टिबलका विजेतालाई पुरस्कार तथा सम्मान वितरण गरेको छ । सन् २०२१ का के–पप वल्ड फेस्टिवलका विजेतालाई नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क छोङ सक्ले दूतावासमा आयोजित कार्यक्रममा विजेतालाई सम्मान तथा पुरस्कृत गरेका हुन् ।

नेपालमा दक्षिण कोरियाली संस्कृतिको अनुभव तथा उत्सुक्तालाई मनन् गराउन, नेपालमा कोरियन बेभको विस्तारका साथै कोरिया र नेपाल दुई देशका नागरिकबीच जनस्थरमा सम्बन्ध विस्ताार गर्ने उद्देश्यका साथ के–पप वल्ड फेस्टिवल प्रतियोगिता आयोजना हुँदै आएको छ । सन् २०२१ को जुन २८ देखि जुलाई २८ तारिकसम्म के–पप प्रेमीहरुका प्रस्तुति अनलाइनको माध्यमबाट दरखास्त आह्वान गरेको थियो । जसमा ५३ समूहले आवेदन दिएर प्रतियोगितामा संस्कृतिक प्रस्तुतिमा सहभागी जनाएका थिए ।

प्रतियोगितामा बिएमके (प्रिन्स शाहीरअमृत सुनुवार) देरक पप द्वितीय/प्रज्वल लामा/स्पन्दन गुरुङ), तृतीयमा भएका थिए पिएम (मिनिङ्मा लामा/प्रिया तामाङ) को समूहले जितेको थियो । प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपियाँ पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्