माछापुुच्छ्रे बैंकमा अनलाइनबाटै डिम्याट खोल्न सकिने



काठमाडौं, (नेस) ।

माछापुुच्छ्रे बैंकमा अनलाइनमार्फत् डिम्याट खाता खोल्न सकिने भएको छ । बैंकका अनुसार ग्राहकले बैंकको वेवसाइटमा रहेको लिंक प्रयोग गरेर डिम्याट खाता खोल्न सक्नेछन् । साथै माछापुुच्छ्रे बैंकमा खाता हुने ग्राहकले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नुहुनेछ भने माछापुुच्छ्रे बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहकले अनलाइनमार्फत् डिम्याट खाता खोल्ने प्रक्रिया पूरा गरिसकेपछि एकपटक आफुलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजातसहित स्वयं उपस्थित भएपश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्