काठमाडौं, (नेस) ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार पनि उच्च अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ६० दशमलव शून्य २ अंकले घटेर २८७६ दशमलव ५९ बिन्दुमा झरेको छ । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । कुल २२५ कम्पनीको एक करोड ६१ लाख ४८ हजार कित्ता शेयर ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ४० खर्ब २५ अर्ब ७६ करोड ८८ लाख ७० हजार रुपियाँमा झरेको छ ।
बुधबार कारोबार भएका १३ वटै समूहको परिसूचक ओरालो लागेको छ । जसमा बैंकिङ समूह ३१ दशमलव ९६, व्यापार ८२ दशमलव शून्य ४, होटल तथा पर्यटन ६४ दशमलव ३५, विकास बैंक १५७ दशमलव ९७, जलविद्युत् ५३ दशमलव ३५, वित्त ९७ दशमलव शून्य ५, निर्जीवन बीमा ३२८ दशमलव ८२, उत्पादन १८८ दशमलव ४३, अन्य ६३ दशमलव ३४, लघुवित्त ६७ दशमलव ६३, जीवन बीमा ४२१ दशमलव ३६, सामूहिक लगानी कोष शून्य दशमलव शून्य ९ र लगानी समूह २ दशमलव ५३ अंकले घटेको छ ।
कारोबार रकमका यस दिन पनि आधारमा युनाइटेड मोदी हाइड्रोपावर अगाडि रहेको छ । सो कम्पनीको ४० करोड ५७ लाख ७५ हजार रुपियाँको कारोबार भएको छ । यस्तै अरुण भ्याली हाइड्रोपावरको २४ करोड ५१ लाख २३ हजार, स्वरोजगार लघुवित्तको २४ करोड २१ लाख ६२ हजार, रिडी हाइड्रोपावरको २३ करोड ६३ लाख ५८ हजार र रैराङ हाइड्रोपावरको २३ करोड ४६ लाख ४९ हजार रुपियाँको कारोबार भएको छ ।
समग्र परिसूचक घटे पनि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकको ८ दशमलव ६०, रैराङ हाइड्रोपावरको ८ दशमलव ३३, युनिभर्सल पावरको ७ दशमलव ६४ र स्वरोजगार लघुवित्तको शेयर मूल्य ६ दशमलव ९८ प्रतिशतले बढेको छ । तर, लाइफ इन्स्योरेन्स कम्पनी, गुडविल फाइनान्स, एनआइबीएल समृद्धि फन्ड–१, सिभिल लघुवित्त र गुहेयश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले तुलनात्मक रूपमा धेरै गुमाएका छन् ।











प्रतिक्रिया