तरलता हटाउन राष्ट्र बैंकले पैसा बजार पठाउँदै



काठमाडौं, (नेस) ।

चरम तरलता अभाव हुँदै गएपछि नेपाल राष्ट्र बैंकले १४ दिनको लागि ३० अर्ब रुपियाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ । राष्ट्र बैंकले रिपोमार्फत् उक्त रकम बजारमा पठाउन लागेको हो।

केन्द्रीय बैंकले यसअघि पनि २० अर्ब रुपियाँ बजारमा पठाएकोे थियो । बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै गएपछि आगामी असोज १ गतेदेखि ऋणको ब्याज पनि बढ्ने भएको छ । उता, राष्ट्र बैंकले २ अर्ब ६५ करोड रुपियाँ पनि बैंक तथा वित्तीय संस्थामा राख्ने भएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा बैंकमा रहेको सुरक्षण कोष÷उपदान तथा पेन्सन कोषमा रहेको रकम क, ख र ग वर्गका वित्तीय संस्थाहरुमा राख्ने जनाएको छ । राष्ट्र बैंकले ३६६ दिनको मुद्दती निक्षेप लागि राखिने उक्त रकम वित्तीय संस्था फाइनान्स कम्पनीमा १३ करोड २५ लाख रुपियाँ, विकास बैंकमा ३९ करोड ७५ लाख रुपियाँ र वाणिज्य बैंकमा २ अर्ब १२ करोड रुपियाँ राख्ने जनाएको छ । मुद्दती निक्षेपका लागि आफ्नो वित्तीय संस्थामा राख्नका लागि वित्तीय संस्था सञ्चालन भएको २ वर्ष भएको हुन पर्ने, राष्ट्र बैंकले तोकेको न्युनताम पुँजीको कायम रहेको हुन पर्ने शर्त केन्द्र्रीय बैंकले राखेको छ । वित्तीय संस्थाहरुको निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनपर्ने, रियल स्टेट कर्जा तोकिएको मापदण्डभन्दा कम हुन पर्ने पनि राष्ट्र बैंकको शर्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्