मेगा बैंकको एटीम विस्तार



काठमाडौँ, (नेस) ।

मेगा बैंक नेपालले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको छ ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि बैंकले एटीम सेवा सञ्चालन गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीको पनि सहभागिता रहेको थियो । योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटीम सेवा विस्तार गरेको छ । मेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ । त्यस्तै देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३ हजार २ सयभन्दा बढी मेगा रेमिट सञ्जाल छन् ।

प्रतिक्रिया दिनुहोस्