नेप्सेमा पहिरो : सेयर बजारमा १३६अंकको गिरावट



काठमाडौं । सेयर बजारमा भारी गिरावट आउँदा लगानीकर्ता त्रसित बनेका छन् ।

कारोबारको सुरुदेखि नै घटेको बजार यो समाचार तयारपार्दासम्म १३६.११ अंकले घटेको छ । बजार १३६.११ अंकले घटेर २७९०.८८ बिन्दुमा रोकिएको छ । बजारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ ।

अहिले लगानीकर्ताले राष्ट्र बैंकको नीतिका कारण बजार घटेको आरोप लगाइरहेका छन् । पछिल्लो समय बजारमा देखिएको बियरिस टे«न्डले नयाँ लगानीकतर्चालाई भने निकै हतोत्साहित बनाएको छ ।

बजार निरन्तर गति लिइरहेको समयमा राष्ट्र बैंकले लिएको गलत नीतिका कारण बजारमा पहिरो चलेको जानकारहरुको भनाई छ । जसले गर्दा लगानीकर्ताको खर्बौ रुपैयाँ गुमेको छ ।

प्रतिक्रिया दिनुहोस्