लक्ष्मी बैंकको ऋणपत्र सूचीकृत



काठमाडौैं, (नेस) ।

लक्ष्मी बैंकद्वारा निष्काशित २ अर्ब रुपियाँ बराबरको ८ दशमलव ५ प्रतिशत ब्याजदरको लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । सूचीकरणपश्चात सो ऋणपत्र स्टक एक्सचेञ्जको दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

सूचीकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँल तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्