६४ जनाले एकीकृत समाजवादीमा सनाखत गरे



सल्यान, (नेस) ।

सल्यानका ६४ जना जनप्रतिनिधिहरूले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । जिल्लाका १० स्थानीय तहका ६४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

निमित्त जिल्ला निर्वाचन अधिकारी तेजेन्द्रकुमार चन्दले बिहीबार एक जनाले र बाँकी ६३ जनाले सनाखत गरेको जानकारी दिनुभयो । जसमा १६ जना वडाअध्यक्षले सनाखत गरेको नेकपा एकीकृत समाजवादी सल्यानका सचिव रमेश गौतमले बताउनुभयो । उहाँले स्थानीय तहका प्रमुख एक जना र उपप्रमुख एक जनाले सनाखत गरेको बताउनुभयो । सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नुभयो । यस्तै, कपुरकोट गाउँपालिका उपाध्यक्ष क्षतिला बुढामगरले पनि निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नुभएको हो । यस्तै, ४६ जना वडा सदस्यले पनि सनाखत गरेका छन् ।

जिल्लाका स्थानीय तहमा निर्वाचित भएका अझै केही जनप्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने सचिव गौतमले जानकारी दिनुभयो । जसमा छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष लिलाधर घर्ती, कालिमाटी गाउँपालिका १ का वडाअध्यक्ष रविलाल बस्नेत, कालिमाटी गाउँपालिका ५ का वडाअध्यक्ष चन्द्र बहादुर गाहा मगरलगायत केही जनप्रतिनिधिले पनि सनाखत गर्ने उहाँको भनाइ छ ।

‘कुमाख गाउँपालिकाका शतप्रतिशत निर्वाचित जनप्रतिनिधि एकीकृत समाजवादीमा सनाखत गरेका छन् । शारदा नगरपालिकाका पनि १८ जनप्रतिनिधिमध्ये १६ जना सनाखत गरेका छन् भने अहिले छुटेका जनप्रतिनिधि २२ गतेभित्र आउने समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्