हुम्लाका अधिकांश वडामा सहमति



हुम्ला, (नेस) ।

हुम्लामा सात गाउँपालिका ४४ वडामध्ये नेपाली कांग्रेस हुम्लाले २३ वडा अधिवेशनले सर्वसम्मत नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गरेका छ ।

शुक्रबारबाट शुरू भएका वडा अधिवेशन २१ वटा वडाको भने अझै नेतृत्व छनोट हुन नसकेको नेपाली कांग्रेस पार्टी जिल्ला सचिव मोहनविक्रम सिंहले बताउनुभयो ।

कांग्रेस सभापति जयपति रोकायाका अनुसार हालसम्म ९० प्रतिशत वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको छ । सातवटै गाउँपालिका गरी ४४ वडा रहेको हुम्ला जिल्लामा १५ वडामा अधिवेशन शुरू भए पनि सर्वसम्मत नेतृत्व चयन हुन बाँकी रहेकोले रिजल्ट पछि आउने बताउनुभयो ।

सर्वसम्मत नेतृत्व चयन गर्नेमा नाम्खागाउँपालिका ६ वटा वडामा ५ वटामा, सिमकोटमा ८ वटा, खार्पुनाथमा ५ वटामै, चंखेलीमा ६ वटामा, अदानचुलीमा ६ वटा वडामा, ताँजाकोटमा ५ वटा वडामा अधिवेशनभएर नेतृत्व चयन भएको हो । बाँकी वडामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको कांग्रेस केन्द्रबाट खटिएका जिल्ला निर्वाचन अधिकृत दुर्गा सापकोटाले बताउनुभयो ।

अधिवेशनमा खटिएका मतदान अधिकृतलाई निर्वाचन प्रक्रियाबारे अभिमुखीकरण कमिले गर्दा केही वडामा समस्या देखिएको बताउनुभयो । नेपाली कांग्रेस हुम्लाका सबै वडामा शुक्रबार बाट वडा अधिवेशन शुरू भएको जनाएको छ । पार्टीको समन्वयमा निर्वाचन अधिकृतले वडाका सम्बन्धित विद्यालयमा कार्यरत शिक्षक संघमा आबद्ध शिक्षकलाई मतदान अधिकृतमा खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्