डोटीमा कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन



डोटी, (नेस) ।

डोटी जिल्लामा काग्रेसका वडास्तरका पदाधिकारी सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत डोटीका वडा तहको शुक्रबार र शनिबार भएको निर्वाचनमा नौवटै स्थानीय तहका वडाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा जोरायल गाउँपालिकाका स्थानीयवासी दीपककुमार विष्टका अनुसार सबै स्थानीय तहका वडाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । जिल्ला अधिवेशन पनि सर्वसम्मत हुने उहाँको भनाइ छ ।

जिल्लामा कुल ६५ वडा रहेको र एक वडामा एक जना सभापतिसहित १६ जना पदाधिकारी चयन गरी जिल्लाभरमा कूल १ हजार ४० जना वडा तथा क्षेत्रीयस्तरका पदाधिकारी चयन भएका छन् । कांग्रेसका केन्द्रीयस्तरका नेताहरु अहिले जिल्ला आइपुगेका र उनीहरूको आग्रहलाई वडास्तरका कार्यकर्ताले स्वीकार गरेका कारण जिल्लामा कांग्रेसको वडास्तरका पदाधिकारी सर्वसम्मत चयन भएको कांग्रेस युवा

नेता तथा पूर्वपार्टी सचिव पदम रावतले जानकारी दिनुभयो ।
जिल्लामा सबै स्थानीय तहका वडास्तरमा पदाधिकारी सर्वसम्मत चयन भएको भन्दै पार्टी सभापति प्रदीपकुमार देउवाले सबैलाई धन्यवादसमेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्