एनएमबिका ग्राहकले किस्ताबन्दीमा सामान पाउने



काठमाडौं, (नेस) । 

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले अनलाइन कारोबार दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आवश्यक सामान किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्