लक्ष्मी बैंकको १३५ औँ शाखा सुनसरीको चिमडीमा



काठमाडौं, (नेस) ।

लक्ष्मी बैंकले आफ्नो १३५औं शाखा सुनसरी जिल्लाको बर्जु गाउँपालिका– ६ को चिमडीमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३५ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६५ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्