फिट इन्टरनेसनलको डिजिटल मार्केटिङ एजेन्सीसँगको साझेदारी



काठमाडौं, (नेस) ।

फिट इन्टरनेसनल डिजिटल मार्केटिङ एजेन्सीसँगको साझेदारीमा एफ वान सफ्ट ग्रुपको छाताअन्तर्गत शुरू भएको छ । यसले दक्षिणपूर्वी एसियाको अग्रणी डिजिटल मार्केटिङ संस्थाको संगठन हुने लक्ष्य राखेको छ । साथै नेपाल बाहिर पनि डिजिटल प्रमोसनको माध्यमबाट व्यापारलाई गति दिने यसको योजना छ । नेपाल र भारतीय उपमहाद्वीपको लागि मेसेन्जर पिपलसँग हालैको आधिकारिक गठबन्धन यसको अर्को उपलब्धि हो ।

ह्वाट्सएप, फेसबुकबाट मेसेन्जर, इन्स्टाग्राम सिधा सन्देश, एप्पल बिजनेस च्याट, टेलिग्राम, भाइबर र एक इनबक्समा वेबच्याट सबैभन्दा फरक शाखाबाट विश्वव्यापी दुई हजारभन्दा धेरै बढी कम्पनीले यसअघि म्यासेन्जर पिपल समाधानको उपयोग गरेर लाभान्वित भएका छन् । २ करोडभन्दा बढी अन्य प्रयोगकर्ताहरु पहिले नै कम्पनी र ग्राहक बीचको सञ्चार साधनको रूपमा लाभ उठाएका छन्।

प्रतिक्रिया दिनुहोस्