दुई भवनको शिलान्यास



काठमाडौं, (नेस) ।

काठमाडौं महानगररपालिका वडा नम्बर २० मा निर्माण हुन लागेको जनसेवा सामुदायिक केन्द्र र स्थानीय नवयुवा क्लव भवनको शिलान्यास भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त भवनको शिलान्यास गर्नुभएको थियो । यस अघि नवयुवा क्लवले प्रयोग गर्दै आएको भवन जीर्ण भएपछि काठमाडौं महानगरपालिकाले जनसेवा सामुदायिक केन्द्र र नवयुवा क्लवले प्रयोग गर्नेगरी उक्त भवन निर्माण गरेको हो ।

स्थानीय समाजसेवी दिलकृष्ण खड्गीको अग्रसरतामा उक्त भवन निर्माणले गति लिएको थियो । काठमाडौं महानगरपालिकाले १ करोड ४४ लाख २७ हजार ३सय १० रुपियाँ उपलब्ध गराउने भएको छ ।

उक्त भवनको निर्माणको जिम्मा र्सिजना गौतम कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले लिएको छ । २०७९ साल साउन महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको खड्गीले जानकारी दिनुभयो ।

भवन शिलान्यासपछि बोल्दै मेयर शाक्यले स्थानीय सम्पदाको संरक्षण र विकास निर्माणको कामलाई काठमाडौं महानगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा काठमाडांै महानरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्