प्रभु क्यापिटलको प्रभु ऐश्वर्य योजना



काठमाडौं, (नेस) ।

प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । तीजको अवसर पारेर महिलालाई केन्द्रित गरी आर्थिक सशक्तिकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पु¥याउन यो योजना सहयोगी हुने कम्पनीको भनाइ छ ।

योजनामा सहभागी हुन चाहने महिला ग्राहकले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन् । यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था छ । यस योजनामा सलंग्न भएका ग्राहकले यस क्यापिटलका अन्य पीएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत् पाउने व्यवस्था गरिएको छ । साथै ग्राहकले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन्सिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्