ग्लोबल आइएमई बैंकद्वारा बाढीपीडितलाई राहत



काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंकले नवलपरासीको बर्दघाट सुस्ता पश्चिम बाढी प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ । बैंकले विपद्बाट प्रभावित बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुरका १३५ घरपरिवारलाई चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटर (पानी) लगायतका सामग्री वितरण गरेको हो ।

बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालय भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्रीहरु वितरण गरिएको हो । ग्लोबल आइएमई बैंक लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता तथा रामग्राम नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष गोपाल डिस्वा मगरको रोहवरमा राहत सामग्री पम्फापुरमा घरपरिवारलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्