पाँचौ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

8.18k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

महिला उद्यमी महासंघ नेपालले बिहीबार (भदौ १६ गते)देखि साेमबार (भदौ २१ गते)सम्म पाँचौ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ। सोमबार पत्रकार सम्मेलनमार्फत् महासंघले उक्त जानकारी दिएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै उक्त मेला भर्चुअल माध्यमबाट हुने महासंघले जनाएको छ ।

“सहकार्य गरौं, सफल बनौं” भन्ने नाराका साथ पाँचौ अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न लागिएको पनि महशासंघले जनाएको छ । प्रर्दशनी मेलाको उद्घाटन प्रधानमन्त्री श्री शेरबहादर देउवाले गर्ने भएका छन् । बिहीबार दिउँसो ३ बजेदेखि प्रधानमन्त्री देउवाले भर्चअल माध्यममार्फत् मेलाको उद्घाटन गर्नेछन् ।

नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रर्वधन गर्ने उद्धेश्यका साथ मेला आयोजना गर्न लागिएको बताइएको छ । साथै मेलामा नेसनल लाइफ इन्सुरेन्स, एनलजी इन्सुरेन्स, ज्योति बिकास बैंक, सानीमा बैंक, ग्लोबल आइएमइ बैंक, सिटिजेन्स बैंक, NCTTM कलेज, श्रीनगर एग्रो, पशुपती खाद्य तेल उद्योग, व्यञ्जन, नेपालका लागि बङ्लादेश राजदुतावास लगायतले सहयोग गरेका पनि महांघले जानकारी दिएको छ ।

महिला उद्यमी महासंघ नेपालको स्थापना वि.सं.२०६० साल असारमा एक गैर नाफामूलक संस्थाको रुपमा राष्ट्रको आर्थिक प्रगति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका निर्णायक तहमा महिला उद्यमीहरुको सामुहिक प्रयत्नहरुले प्रतिनिधित्व गर्ने संस्थाको रुपमा भएको हो ।

महिला उद्यमी महासंघ नेपालको उद्देश्य पैरवी, संजाल विस्तार सूचनाको आदान प्रदान र क्षमता अभिबृद्घिको माध्यमबाट नेपाल राष्ट्रभरी महिला उद्यमशिलताको विकास गर्ने हो ।

नेपालका विभिन्न जिल्लाहरुमा स्थापना भएका महिला उद्यमी जिल्ला संघहरुको छाता संस्थाको रुपमा महिला उद्यमी महासंघ नेपालले हाल ५७ जिल्लामा विद्यमान जिल्लासंघहरुको विस्तार नेपालका ७७ वटै जिल्लामा पु¥याउने लक्ष्य लिएको छ ।

महासंघले महिला उद्यमशिलता मार्फत राष्ट्रको आर्थिक विकास र गरिवी निवारण भन्ने आफ्नो परिप्रक्ष्यलाई पुनर्भाषित गरेर सामाजिक तथा आर्थिक सवालका सबै क्षेत्रहरुमा महिला सहभागिता भन्ने तर्फ अगाडी बढ्ने सोच बनाएको छ । महिला उद्यमीहरुलाई प्रेरणा प्रदान गरी सशक्तिकरण गर्ने ध्येयकासाथ अगाडि बढेको छ ।

Skip This