मेगा बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट



काठमाडौँ, (नेस) ।

मेगा बैंक नेपालका ग्राहकलाई ओम अस्पताल तथा रिसर्च सेन्टरले छुट दिने भएको छ । मेगा बैंक नेपाल र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले ओम अस्पतालमा कुल बिलको १० दशमलव ५० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी मेगा बैंकका ग्राहकलाई प्राथमिकता दिादै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ । मेगा बैंकका ग्राहकहरुलाई यसअघि पनि काठमाडौंलगायत देशका विभिन्न अस्पतालले छुट दिादै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्