‘सीमित व्यक्तिबाट मात्रै वित्तीय स्रोत उपयोग’



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति आर्थिक पुनरूत्थानमा केन्द्रित रहेर ल्याएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको भर्चुअल अन्तत्र्रिmयामा उहााले सो कुरा बताउनुभएको हो ।
गभर्नर अधिकारीले आर्थिक पुनरूत्थान पनि हुन सकोस्, कार्यान्वयन गर्नेलाई पनि समस्या नपरोस् भनेर आर्थिक पुनरूत्थानलाई सागै राखेर मौद्रिक नीति ल्याएको बताउनुभयो । बैंकलाई आफ्नो ग्राहकको बारेमा राष्ट्र बैंकको भन्दा बढी जानकारी हुने भएकाले कोभिड प्रभावित व्यवसायी चिनेर सहुलियत दिने जिम्मा बैंकहरुलाई दिएको बताउादै ग्राहक डुब्यो भने बैंक पनि समस्यामा पर्ने हो, त्यसैले ग्राहकलाई चिनेर सहुलियत दिन बैंकलाई छोडिएको उहााको भनाइ छ । चालू आवको मौद्रिक नीतिले १ करोडभन्दा सानो ऋणमा २ प्रतिशत प्रिमियम तोक्ने राष्ट्र बैंकको नीतिलाई ‘नोबेल पोलिसी’को संज्ञा दिादै पहुाच नभएका र साना ऋणीको लागि एक करोडभन्दा सानो कर्जामा प्रिमियम तोकेको भन्दै भन्नुभयो–‘सानाका ऋणीको लागि ल्याएको ऐतिहासिक नीति हो, अहिले १६ लाख ८२ हजार ऋणीमध्ये ४७ हजार ऋण एक करोडभन्दा माथि कर्जा लिने छन् । धेरै ऋण लिनेको त बार्गेनिङ गर्ने क्षमता नै बढी हुन्छ ।’

सीमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन प्रकृतिको शेयर धितो कर्जामा सिमा तोकेको उल्लेख गर्दै भन्नुभयो–‘४ करोडको शेयर बैंकमा राखेर २ करोड ८० लाख ऋण लिने पुनः २ करोड ७० लाखको शेयर बैंकमा राखेर त्यसको ७० प्रतिशत कर्जा लिने र उक्त कर्जाको शेयरबाट पनि पुनः कर्जा लिने ‘रिसाकलको प्रवृत्ति’ ठीक छैन भनेर लिमिट राखेको हो ।’

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले गत आर्थिक वर्षको भन्दा चालू आवको मौद्रिक नीति धेरै सुचकका आधारमा सहज अवस्थामा आएको बताउनुभयो । दाहालका अनुसार २०७६ चैतमा ५ दशमलव शून्य ३ रहेको स्प्रेड दर ३ दशमलव ६ प्रतिशत ओर्लिएको छ । १० खर्ब सम्पत्ति वृद्धि हुादा पनि केही करोड मात्रै ब्याज आम्दानी बढेको छ, शेयर बजारमा वृद्धि हुादा त्यसमा पहिलेदेखि नै लगानी गरेको र अहिले लगानी गरेर आर्जन गरेको आम्दानी ११/१२ प्रतिशतको रिर्टनमात्रै छ ।

दाहालले सीडी रेसियोमा कार्यान्वयन विभिन्न चरणमा गर्न राष्ट्र बैंकलाई सुझाव दिनुभयो । ‘२०७९ असारसम्म ९० प्रतिशत सीडी बनाउनुपर्ने सट्टा तीन चरणमा यो लक्ष्य पुरा गरौं,’ अध्यक्ष दाहालले भने–‘पुस मसान्तसम्म ९२ बनाऔं, चैत मसान्तसम्म ९१ मा झारौं र असारसम्म ९० बनाऔं ।’

डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रद्यम्न पोखरेलले कठीन समयमा आएको मौद्रिक नीति पुनरूत्थान र स्थायित्वलाई सन्तुलनमा राखेर आएको बताउनुभयो । लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले मौद्रिक नीति समग्रमा सकारात्मक भएको बताउनुभयो । होलसेल र रिटेल मर्जर, क्रस होल्डिङ भएकाको मर्जर सकारात्मक भएपनि त्यसमा स्पष्टता नआएको बताउनुभयो । वित्त कम्पनी संघका तर्फबाट आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनील पन्तले १ करोडभन्दा सानो कर्जामा २ प्रिमियम लिादा फाइनान्स कम्पनीले समस्यामा पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्