एक वर्षमा ९६१ अर्ब रेमिट्यान्स भित्रियो 



काठमाडौं, (नेस) । 
वैदेशिक रोजगारी जानेको संख्या घटे पनि आर्थिक वर्ष २०७७÷७८ मा विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले वृद्धि भई ९६१ अर्ब ५ करोड रुपियाँपुगेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको गत आर्थिक वर्षमा देशको आर्थिक अवस्थामा सो उल्लेख छ । बिहीबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार अघिल्लो वर्ष विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८ दशमलव २ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ रुपियाँकरोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ दशमलव ३ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँर वैधानिकीकरण) लिने नेपालीको संख्या ६२ दशमलव ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २० दशमलव ५ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६ दशमलव ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४ दशमलव ७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७७÷७८ मा खुद ट्रान्सफर ९ दशमलव १ प्रतिशतले वृद्धि भई १०७१ अर्ब ३५ करोड रुपियाँपुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १ दशमलव ५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्