राहतका प्याक ल्याउन पूर्वगभर्नरको सुझाव



बुटवल, (नेस) ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले कोरोना महामारीले निम्न वर्गका नागरिक समस्यामा परेको बताउँदै सरकारले राहतका प्याकेज तत्काल ल्याउनुपर्नेमा जोड दिनुभएको छ । मंगलबार बुटवलमा आयोजितमा कार्यक्रममा उहाँले कोरोना भ्याक्सिनलाई प्राथमिकता दिनुपर्ने बताउँदै जनताको जीवन उत्थानको लागि राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको होे ।

मुलुकको अर्थतन्त्र अगाडि बढाउन तिनाउ डाईभर्सन राम्रो विकल्प रहेको समेत उहाँले आंैल्याउनुभयोे । उहाँले लुम्बिनीको विकासको लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङमार्गको कामलाई छिटो अगाडि बढाउन सुझाव दिनुभयो । बुटवल–पाल्पा सडकअन्तर्गत सिद्धबाबा क्षेत्रमा वर्षेनी कयौंको ज्यान लिएको अवगत हुँदाहुँदै पनि राजनीतिक नेतृत्व तहले समाधानतर्फ गम्भीर रुपमा चासो नदिएको उहाँको भनाइ छ । पूर्वगभर्नर डा. नेपालले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र बलियो बनाउने भन्दै आर्थिक पुनरुत्थानलाई सहयोग पुर्‍याउने धारणा राख्नुभयो । उहाँले पुँजीगत खर्चमा जोड दिनुपर्ने पनि सरकारलाई सुझाव दिनुभएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले प्रदेशको विकास र समृद्धिको लागि अध्यादेशबाट ल्याएको बजेटलाई पुर्नस्थापन गरेर नयाँ बजेट ल्याउन बजेट बनाउन लागि परेको बताउनुभयो ।

मन्त्री खड्काले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको पनि बताउनु भयो् । बोल्दै लुम्बिनी सरकारका प्रवक्ता खड्काले आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रणमा रहेको दाबी गर्नुुभयो ।

प्रतिक्रिया दिनुहोस्