भारतविरुद्ध आतंक बढाउन आर्थिक सहायता गरिँदै: बीपी नायडु



इन्डिया न्युज नेटवर्क  । 

भारतले आफ्ना सबै छिमेकी राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध चाहन्छ, तर केही देश भारतविरुद्ध आतंकवाद बढाउन आर्थिक सहायता र समर्थन प्रदान गरिरहेका छन् ।’ भारतका उपराष्ट्रपति एम वेनकैया नायडुले बताएका छन् । यसकारण सीमामा सुरक्षा राष्ट्रको शान्ति र संरक्षणका लागि धेरै महत्वपूर्ण रहेको उनले हालै प्रतिक्रिया दिएका छन् ।

हिन्दुस्तान विमान लिमिटेड र बेंगलोरको एचएएल कम्प्लेक्सस्थित विमान विकास एजेन्सीका वैज्ञानिक र इन्जिनियरलाई सम्बोधन गर्दै उनले भारत कहिले पनि विस्तारवादी नभएको उल्लेख गरेका छन् ।उनले भनेका छन्– ‘देशको दृष्टिकोण शान्तिपूर्ण सह–अस्तित्व र आतंक र अवरोधको शक्तिहरूलाई रोक्नु हो । भारत आफ्नो जनताको प्रगति र विकासका लागि बलियो बन्न चाहन्छ । हाम्रा सशस्त्र बल कुनै पनि चुनौतीको सामना गर्न सक्ने र कुनै पनि सुरक्षा खतरालाई दृढतापूर्वक हटाउन सक्षम रहून् भनेर सुनिश्चित गर्नु नै हाम्रो कर्तव्य हो ।’
अत्यधिक जटिल भू–राजनीतिक वातावरणका कारण देशले सामना गरिरहेका धेरै सुरक्षा चुनौतीहरूतर्फ ध्यान आकर्षित गर्दै उपराष्ट्रपतिले सुरक्षा बलको अनुकरणीय साहस र व्यावसायिकताका लागि प्रशंसा गरेका छन् ।

उप–राष्ट्रपति नायडुका अनुसार स्वदेशी उत्पादनले आगामी वर्षहरूमा भारतलाई विमान र रक्षा क्षेत्रमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।उनले भारतको अत्याधुनिक क्षेप्यास्त्र, उपग्रह र अन्तरिक्ष यान निर्माण गर्ने क्षमतालाई उल्लेख गर्दै भनेका छन्–‘तर विरोधाभाष यो छ कि हामी अझै विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ताहरूमध्ये एक हौं ।हामी रणनीतिक साझेदारी, प्रविधि साझेदारी र सहकार्यमा निर्भर हुनेछौं ।रक्षा उत्पादन मा स्वदेशीकरण र आत्मनिर्भरतालाई बढावा दिनका लागि सरकारद्वारा धेरै नीति पहलहरूको उल्लेख गर्दै, नायडुले फलदायी नतिजाहरूका लागि रक्षा परियोजनाहरूमा निजी साझेदारहरूलाई सम्मिलित गर्नका आवश्यकतालाई रेखांकित गरेका छन् ।रक्षा क्षेत्रका लागि एफडीआई सीमामा वृद्धि, यूपी र तमिलनाडुमा दुई रक्षा गलियारा स्थापित गर्ने निर्णय र रक्षा मन्त्रालयद्वारा दुई सकारात्मक स्वदेशीकरण सूचीको अधिसूचना जस्ता उपायहरू भारतीय रक्षाका लागि एक ठूलो अवसर प्रदान गर्नेछ ।

भारतीय वायुसेनाद्वारा भर्खरै सम्पन्न ८३ तेजस लडाकू जेटहरूको सम्झौतामा एचएएलसँग धेरै भारतीय कम्पनीहरूको सहभागिता रहेको बारे प्रशंसा गर्दै उप–राष्ट्रपतिले यस्ता परियोजनाहरूमा भारतीय विमान निर्माण पारिस्थितिको तन्त्रलाई एक जीवन्त आत्मनिर्भरतामा रूपान्तरण गर्ने क्षमता रहेको बताएका छन् ।आफ्नो सम्बोधनका क्रममा, उप-राष्ट्रपतिले विमान र रक्षा क्षेत्र तथा आर एन्ड डिमा उज्ज्वल जनशक्तिलाई आकर्षित गर्नपर्ने आवश्यकतामा जोड दिएका छन् ।उनले एक विमान निर्माण केन्द्रको विकासका लागि शिक्षा र उद्योगबीच तालमेल बनाउनका लागि आह्वान गर्दै यसले नवीनतालाई बढावा दिने र यस प्रमुख क्षेत्रमा कौशलताको कमीको मुद्दालाई सम्बोधन गर्ने बताएका छन्

यसअघि, उपराष्ट्रपतिले एचएलको एलसीए तेजस निर्माण परिसरको पनि भ्रमण गरेका थिए ।उप–राष्ट्रपतिले एचएएलको हेलिकप्टर परिसरको भ्रमण क्रममा स्वदेशमै विकसित उन्नत हल्का हेलिकप्टर, ध्रुव, हल्का लडाकु हेलिकप्टर र एक हल्का उपयोगिता हेलिकप्टरको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्