बुद्ध एयरले पोखराबाट सिमरा सिधा उडान गर्ने



Photo: THT/ File

काठमाडौं, (नेस) ।

बुद्ध एयरले पोखराबाट विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ । क्षेत्रीय उडानका निम्ति बुद्धले भदौ १६ गतेदेखि पोखराबाट सिमरा सिधा उडान गर्ने भएको हो । यसअघि बुद्धले पोखराबाट भैरहवा, भरतपुर (चितवन) र नेपालगन्जमा सिधा उडान शुरू गरिसकेको छ ।

वीरगन्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै कम्पनीले सिमराबाट सिधा उडान भर्ने षेजना बनाएको हो । साताको तीन दिन ( आइतबार, बुधबार र शुक्रबार) बुद्धले उडान भर्नेछन् । पोखराबाट–सिमरा १२ः२० र सिमराबाट–पोखराको उडान १३ः१५ बजेको उडान तालिका तोकिएको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज पनि ल्याएको छ । सिमरा–पोखरा प्याकेजका लागि १० हजार ९९९ रुपियाँमा दुई रात तीन दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थल गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ ।

प्रतिक्रिया दिनुहोस्