अलपत्र १६० नागरिकको उद्धार



दैलेख, (नेस) ।

गुराँस गाउँपालिकाले देशभर अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गरेको छ । देशभर अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गर्ने क्रममा १६० जनालाई विभिन्न ठाउँबाट उद्धार गरिसकेको र शुक्रबार मात्र काठमाडौंबाट ३८ जना र पर्वतबाट ज्याला मजदुरी गरिखाने १४ जना आफ्ना नागरिकलाई उद्धार गरेको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताउनुभयो ।

उनका अनुसार कोरोना महामारीको समयमा होस् या प्राकृतिक विपत्तिमा गाउँपालिकाले आफ्ना नागरिकलाई विभिन्न महाविपत्तिमा सहयोग गर्दै आइरहेको छ । पालिकाले आफ्ना नागरिकहरू बाहेकका अन्य पालिकाका अलपत्र नागरिकको समेत उद्धार गरेको छ ।

सुर्खेतको चिङ्घाड गाउँपालिका र वीरेन्द्रनगरका देशभर अलपत्र परेका नागरिक ४३ जनाको समेत उद्धार गरेको छ । विपतमा परेका नागरिकलाई उद्धारसँगै खाद्य संकट र महँगीबाट जोगाउन गाउँपालिकाले हरेक वडाहरूमा सुपथ मूल्यको पसल पनि सञ्चालन ल्याएको अध्यक्ष वलीले भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्