डीएलएको महाधिवेशन मंसिरमा



काठमाडौं, (नेस) ।

डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) को महाधिवेशन आउँदो मंसिर महिनामा गर्ने निर्णय भएको छ । डीएलएको आइतबार राति बसेको बैठकले आगामी मंसिर महिनामा महाधिवेशन गर्ने निर्णय गरेको डीएलएका वरिष्ठ सदस्य कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिनुभयो ।

डीएलएको बैठकले असोज १५ गतेभित्र जिल्ला इकाइको अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधि पठाउन निर्देशन दिने पनि निर्णय गरेको बताइएको छ । सो मितिपछि अधिवेशन गर्ने जिल्ला इकाइलाई मान्यता नदिने पनि बैठकले निर्णय गरेको छ ।

वरिष्ठ सदस्य शर्मा पौडलले यहीं भदौं ११ गतेभित्र विधान मस्यौदा समिति गठन गर्ने पनि डीएलएले निर्णय गरेको जानकारी दिनुभयो । डीएलएका केन्द्रीय अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला इकाइबाट के कति महाधिवेशन प्रतिनिधिलाई समावेश गराउने भन्नेसम्बन्धमा पनि निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्