बैंकिङ कसुरमा दुई पक्राउ



काठमाडौं, (नेस) ।

बैंकिङ कसुरमा फरार दुई जनालाई प्रहरी पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका–३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौ्रको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ रहेका छन् । केसीलाई अदालतले १५ दिन कैद र ३० लाख जरिवाना तथा बसपार्कबाट पक्राउ परेका श्रेष्ठलाई ६ दिन कैद र १० लाख जरिवाना हुने फैसला सुनाएको थियो । उनीहरुले आफ्नो खातामा पर्याप्त रकम नभएको चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्